तपाईँ सुन्दै हुनुहुन्छः

चट्याङ्ग लागेर युवकको मृत्यु

तनहुँ । तनहुँमा शुक्रवार बिहान चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको भिमाद नगरपालिका ८ ढुङ्गढुङ्गेका २४ वर्षीय अर्जुन विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकार एवं प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।

बिहान अन्दाजी ७ बजेको समयमा घरमै खाना पकाउनका लागि दाउरा चिरिरहेका विकलाई एक्कासि चट्याङ्ग लागेको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । चट्याङ्ग लागेर एक्कासि बेहोस भएका विकलाई उपचारका लागि जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेको थियो । 

मृतक विकको शव पोष्टमार्टमका लागि दमौली लैजाने तयारी भइरहेको जानकारी दिँदै घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button