सीमावर्ती क्षेत्रमा अवैध कार्य थप नियन्त्रण गर्न प्रहरी निरीक्षक

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका २ स्थित इलाका प्रहरी कार्यालय देवानगञ्जमा अवैध कार्य थप नियन्त्रण गर्न प्रहरी निरीक्षक पठाएको छ ।
सीमा क्षेत्रमा चोरी तस्करी जस्ता अवैध र अवाञ्छित गतिविधि बढी मात्रामा उजुरी र विवादका घटना आउने भएकाले त्यसलाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालय सुनसरीले इलाका प्रहरी कार्यालय देवानगञ्जमा प्रहरी निरीक्षक पठाएको हो ।
सईले सेवा दिइरहेकोमा सीमा सुरक्षामा बल पुग्न पहिलो पटक इलाका प्रहरी कार्यालय देवानगञ्जमा प्रहरी निरीक्षक पठाएको प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।
सीमावर्ती क्षेत्रमा प्रहरी निरीक्षक पठाएकाले बर्जु, देवानगञ्ज सहित हरिनगर क्षेत्रका शान्ति सुरक्षा सहित उजुरी सम्बोधन हुने र जाहेरी जाने खालका घटनाहरूको जिल्लासम्म पठाउन सहज हुने अपेक्षा गरिएको सुनसरी प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्