तपाईँ सुन्दै हुनुहुन्छः

पाकिस्तानमा कोभिड–१९ सङ्क्रमित झण्डै २६ हजार व्यक्तिको मृत्यु

पाकिस्तानमा विगत २४ घण्टामा चार हजार १०३ थप व्यक्तिमा कोभिड–१९ पुष्टि भएको पाकिस्तानले बिहीबार जानकारी गराएको छ ।

पाकिस्तानको ‘नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टर’ (एनसिओसी) का अनुसार ६१ हजार ६५१ को कोभिड–१९ परीक्षण गरिएकोमा चार हजार १०३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यससँगै कूल सक्रिय सङ्क्रमितको सङ्ख्या एघार लाख ६७ हजार ७९१ रहेको छ भने अहिलेसम्म कोभिड सङ्क्रमित २५ हजार ९७८ व्यक्तिको मृत्यु भएको छ । पाकिस्तानमा यो साता सङ्क्रमण दर ६.६३ प्रतिशतबाट बढेर ६.६५ प्रतिशत पुगेको छ ।

गत २४ घण्टामा पाकिस्तान भरी भएको कोभिड–१९ सङ्क्रमितको मृत्युको कुल सङ्ख्या ८९ रहेको छ सरकारी तथ्याङ्कमा जनाइएको छ ।

विभिन्न चरणमा आफ्ना नागरिकलाई कोभिड–१९ विरूद्धको खोप दिँदै आएको पाकिस्तानले बुधबारदेखि १७ वर्ष र त्यसभन्दा माथिका नागरिकका लागि खोप अभियान सञ्चालन गरेको छ । कोभिडलाई फैलिन नदिन पाकिस्तान सरकार विभिन्न चरणमा अभियान सञ्चालन गरेको जियो न्यूजले जनाएको छ ।एएनआई

प्रतिक्रिया राख्नुहोस्

Back to top button