तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस सल्यानले ८३ वटै वडामा एकै दिन अधिवेशन गर्ने

सल्यान । नेपाली कांग्रेस सल्यानले जिल्लाका ८३ वटै वडामा एकै दिन अधिवेशन गर्ने भएको छ । 

नेपाली कांग्रेस सल्यानको बिहीबार बसेको सर्वपक्षीय बैठकले आउँदो भदौ २१ गते ८३ वटै वडामा एकै दिन अधिवेशन गर्ने निर्णय गरेको सचिव प्रकाश भण्डारीले बताए । 

अन्य निर्वाचनको समय तालिकालाई मध्यनजर गरी ८३ वडाको एकै दिन अधिवेशन गर्ने सहमति भएको उनको भनाई छ । वडा बाहेक अन्य निर्वाचन निर्धारित समयमै हुने भएकाले पनि एकै दिन अधिवेशन गर्न लागिएको उनको भनाई छ ।  
निर्वाचन सम्पन्न गर्नका लागि अधिवक्ता सुनिल श्रेष्ठलाई प्रमुख निर्वाचन अधिकृतको रुपमा केन्द्रिय कार्यालयले जिम्मेवारी दिएको छ । वडाको अधिवेशनका लागि प्रत्येक वडामा नेपाल शिक्षक सङ्घ आबद्ध शिक्षकहरूलाई मतदान अधिकृतको रुपमा खटाइने उनको भनाई छ । 

केन्द्रिय कार्यालयले १८ गते अधिवेशनको मिति तय गरेता पनि विविध कारण देखाउँदै २१ गते अधिवेशन गर्न लागिएको जिल्ला कार्यसमिति सदस्य कालीप्रसाद भण्डारीले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button