गड्डाचौकी सीमा नाकामा कोभिड–१९ विरुद्धको खोप लिगाइदै

कञ्चनपुर । भारतबाट घर फर्किने नेपालीलाई गड्डाचौकी सीमा नाकामा कोभिड–१९ विरुद्धको खोप लगाउन थालिएको छ ।
भाद्र १० गतेदेखि जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरको सहयोगमा भिमदत्त नगरपालिकाले गड्डाचौकी नाका भएर नेपाल फर्कनेहरूलाई सीमामै कोभिड–१९ विरुद्धको खोप दिन थालेको हो ।
गड्डाचौकी हेल्थ डेस्कका प्रमुख डा.सन्तोष भट्टले भाद्र १० गतेदेखि आज १७ गतेसम्म ६७२ जनालाई कोभिड–१९ को खोप लगाइसकेको बताउनुभयो ।
भारतबाट नेपाल फर्कनेहरूको एन्टिजेन टेस्ट गरेर नेगेटिभ आएकालाई अस्ट्राजेनेकाको खोप लगाइएको डाक्टर भट्टले बताउनुभएको छ ।
उहाँले सरकारको निर्णय अनुसार भारतबाट फर्किनेलाई अहिले अस्ट्राजेनेकाको खोप दिइरहेको बताउँदै पहिलो डोज नाकामा लगाएकाहरूले दोस्रो डोज भने सम्बन्धित पालिकामै लगाउनुपर्ने बताउनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्