अपाङ्गता भएका २५ परिवारलाई राहत वितरण

भद्रपुर, झापा । झापाको बिर्तामोड उद्योग वाणिज्य सङ्घले बिर्तामोड–३ का अपाङ्गता भएका २५ परिवारलाई राहत वितरण गरेको छ ।
कोरोनाका कारण आर्थिक समस्यामा परेका अपाङ्गता भएका परिवारलाई खाद्यान्न लगायतका राहत सामग्री वितरण गरिएको हो ।
लामो समयको निषेधाज्ञाका कारण आफूहरू समस्यामा परेको भन्दै अपाङ्गता भएका व्यक्तिहरूले सहयोग गरिदिन आग्रह गरेका थिए । उनीहरूको आग्रह अनुसार बुधवार एक संक्षिप्त कार्यक्रमका बीच खाद्यान्न वितरण गरिएको संघका अध्यक्ष प्रकाश शिवाकोटीले जानकारी दिनुभयो ।
चामल, दाल, तेल लगायतका अत्यावश्यक उपभोग्य खाद्यान्न सहयोग गरिएको संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले बताउनुभयो ।
यसैगरी, छठ समाज सेवा समिति बिर्तामोड र सुनचाँदी व्यवसायी सङ्घ झापाले संयुक्त रुपमा बिर्तामोड नगरपालिका–१ र २ का अपाङ्गता भएका १५ परिवारलाई खाद्यान्न उपलब्ध गराएको छ ।
लकडाउनको समयमा जीविकोपार्जनको कुनै उपाय नरहेको र दैनिकी चलाउन असहज भएका परिवारलाई राहत उपलब्ध गराइएको छठ समाज सेवा समितिका महासचिव मनोज रौनियारले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्