तपाईँ सुन्दै हुनुहुन्छः

बीउ उत्पादनमा कमी

रुकुम । रुकुम पश्चिमको तरकारी बीउ उत्पादन केन्द्र चाँपाले गत आर्थिक वर्ष २०७७/०७८ मा बीउ उत्पादनमा कमी आएको बताएको छ । 

तरकारी बीउ बाली अन्तरगत मूल तथा उन्नत बीउ उत्पादनमा कमी आएको हो । 

केन्द्रका प्रमुख किशोरमान श्रेष्ठका अनुसार गत आर्थिक वर्षमा एक हजार ६६ किलोग्राम मूल बीउ उत्पादन गर्ने लक्ष्य रहेकोमा ८ सय ८० किलोग्राम बीउ उत्पादन गरिएको छ । 

त्यस्तै उन्नत बीउ अन्तरगत ६ सय २५ किलोग्राम बीउ उत्पादन गर्ने लक्ष्य राखिएकोमा ५ सय ३१ किलोग्राम बीउ उत्पादन भएको बताइएको छ । 

प्रजनन बीउको उत्पादनमा भने खासै कमी नआएको केन्द्रको भनाई छ । तर मूल तथा उन्नत बीउको उत्पादनमा कमी हुँदा हाल आपूर्तिमा समस्या भएको बताइएको छ । 

केन्द्रले प्रजनन, मूल तथा उन्नत बीउतर्फ काउली, रायो, मूला, प्याज, केराउ, सलगम बोडी, सिमी, भिण्डी, धनियाँ लगायतको बीउ उत्पादन गर्दै आएको छ । 

तरकारी बीउ उत्पादन केन्द्र चापाको एक सय १७ रोपनी जमिनमा उत्पादन गरिएको बीउ रुकुम पश्चिम लगायत छिमेकी जिल्लामा समेत निर्यात हुने गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button