धनुषामा कक्षा १२ का परीक्षार्थीहरूलाई खोप दिँदै

जनकपुरधाम । धनुषा जिल्लाबाट कक्षा १२ को परीक्षामा सहभागी हुने ११ हजार विद्यार्थीहरूलाई जापानमा बनेको अस्ट्राजेनेका खोप दिने काम शुरु भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका क्षेत्रको कक्षा १२ का विद्यार्थीहरूलाई १६, १७ र १८ गते खोप दिने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालय धनुषाका खोप अधिकृत राजदेव यादवले जानकारी दिनु भयो ।
यसै गरी अन्य पालिकाहरूमा १७ र १८ गते खोप दिने कार्यक्रम रहेको छ । राष्ट्रिय परीक्षा बोर्डले भदौ ३० गते देखि कक्षा १२ को परीक्षा लिने गरी कार्यतालिका प्रकाशित गरेको छ ।
१८ वर्ष उमेर पुगेका छात्र छात्राहरूले विभिन्न विद्यालयहरूमा रहेको खोप केन्द्रमा पुगेर खोप लिने काम गरिरहेको छ । नेपाल सरकारले नै परीक्षा हुनु भन्दा अगाडि कक्षा १२ का विद्यार्थीहरूलाई खोप लगाउने नीति रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्