झापामा ब्राउनसुगरसहित तीनजना पक्राउ

भद्रपुर, झापा । झापामा लागुऔषध ब्राउनसुगरसहित फेरि तीनजना पक्राउ परेका छन् ।लागुऔषध कारोबार गर्ने तीनलाई प्रहरीले अर्जुनधारा नगरपालिका–४ स्थित मदनपुरबाट हिजो बुधवार पक्राउ गरेको हो ।
मदनपुर क्षेत्रमा लागुऔषध कारोबार भइरहेको भन्ने सूचना पाएपछि लागू औषध ब्युरो काँकडभिट्टा, इप्रका बिर्तामोड र प्रहरी चौकी शनिश्चरेबाट खटिएको संयुक्त टोलीले अर्जुनधारा –२ बस्ने १८ वर्षीय एबिट बुढाथोकी, ३० वर्षीय सजित समाल र अर्जुनधारा–३ का २६ वर्षीय सौगात खतिवडालाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट ७ ग्राम ब्राउन सुगर, ४९ हजार ५ सय नगद र ५ थान मोबाइल बरामद भएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्