तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीमा पहिरोले घर पुरिदा तीन जनाको मृत्यु

पोखरा । कास्कीमा पहिरोले घर पुरिदा तीन जनाको मृत्यु भएको छ ।

बुधबार साँझदेखी परेको अविरल वर्षापछि पोखरा २० भलाममा ३५ वर्षीय सुन माया तामाङ र उनका श्रीमान कृष्ण श्रेष्ठको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी सुवास हमालका अनुसार टाउकोमा गम्भिर चोट लगेका श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो । यस्तै उनका दुई छोरा मध्य एक वेपत्ता भएका छन् भने एक घाइते भएका छन् ।

पहिरोमा परि ३ वर्षीय छोरा सन्तोष श्रेष्ठ वेपत्ता भएका छन् भने ९ वर्षीय छोरा राजकुमार श्रेष्ठ घाइते भएका छन् ।यस्तै पोखरा ११ मा घरमाथीबाट पहिरो आई पुरिदाँ ४२ वर्षीय लक्ष्य नेपालीको मृत्यु भएको छ । घटनामा उनकी १४ बर्षिया छोरी सृष्टी नेपाली दुबै खुट्टा र ढाडमाचोट लागेको छ ।

अविरल वर्षाका कारण पोखराको नदिपुरमा जमिन भासिँदा तीन वटा घरमा क्षति पुगेको छ ।देऊ बहादुर पुन , छवि बहादुर पुन र बल बहादुर पुनको घरमा क्षति पुगेको छ भने सडकको बिचसम्म जमिन चर्किएको हमाले जानकारी दिनुभयो। गत साता मात्रै अविरल वर्षापछि पोखराको महेन्द्र पुलमा जमिन भासिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button