तपाईँ सुन्दै हुनुहुन्छः

स्थगित भएको कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट हुने

file photo

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट सञ्चालन गर्ने भएको छ । 


राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले भदौ ३० गतेदेखि  असोज ८ गतेसम्म परीक्षा विद्यार्थीहरूको भौतिक उपस्थितिमै  सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।


बोर्डले तालिका सार्वजनिक गर्दै परीक्षा होम सेन्टरबाटै सञ्चालन हुने जनाएको छ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ ।


सरकारले कक्षा ११ र १२ का परीक्षार्थीलाई कोरोना भाइरसविरुद्धको खोप पनि दिएको छ भने परीक्षा सञ्चालन गर्दा सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दुरी पालना गरी परीक्षा सञ्चालन गर्ने बोर्डले जनाएको छ ।


यसअघि साउन ३१ गतेदेखि तोकिएको परीक्षा कोभिड– १९ को महामारी बढ्न थालेको भन्दै स्थगित गरिएको थियो ।


संसद्को शिक्षा तथा स्वास्थ्य समितिले परीक्षा स्थगित गरेकोमा आपत्ति जनाई सबै परीक्षार्थीलाई खोपको व्यवस्था गरी भौतिक उपस्थितिमै तत्काल परीक्षा लिने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको थियो ।


त्यस लगत्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कक्षा १२ का परीक्षार्थीलाई खोप लगाउने निर्णय गरेको थियो । 


परीक्षा रोकिंदा तयारीमा बसेका ३ लाख ७४ हजार विद्यार्र्थीको उच्च शिक्षा अध्ययनमा समस्या भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button