आज ३ हजार ३० जना कोरोना भाइरस सङ्क्रमणमुक्त
काठमाडौँ । नेपालमा आज ३ हजार ३० जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ५२ जना सङ्क्रमित भएका छन् भने तीन हजार ३० जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।
यो सँगै हालसम्म सात लाख १९ हजार ३३६ जना कोरोना मुक्त भएका छन् । हालसम्मको तथ्याङ्क अनुसार नेपालमा निको हुने दर ९४.१ प्रतिशत पुगेको छ ।
कोरोना सङ्क्रमणबाट आज थप २० जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हाल सक्रिय सङ्क्रमित ३४ हजार १८९ जना रहेकामा ५६३ जना सघन उपचार कक्ष, १७० जना भेन्टिलेटर, ३१ हजार ८१२ जना होम आइसोलेसन, दुई हजार ३७७ जना संस्थागत आइसोलेसन र ३११ जना क्वारेन्टिनमा रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क छ ।








प्रतिक्रिया राख्नुहोस्