निर्वाचन आयोग र सभामुखविरुद्ध सर्वोच्चमा एमालेको रिट
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओली आज सर्वोच्च अदालतमा उपस्थित भएर तीन वटा रिट निवेदन दिनुभएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो ।
प्रवक्ता दाहालका अनुसार एमाले अध्यक्ष ओलीले निर्वाचन आयोग, सभामुख सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध सर्वोच्चमा रिट निवेदन दिनुभएको हो ।
एमाले अध्यक्ष ओलीले दिनुभएको रिट निवेदन भोलि दर्ता हुने र पेशी शुक्रवारको लागि तोकिने प्रवक्ता दाहालले जानकारी दिनुभयो ।
एमाले केन्द्रीय सदस्य अग्नि खरेलले एमालेले १४ जना सांसदलाई कारबाही गरेको पत्र सभामुखलाई पठाउँदा समेत सूचना टाँस नगरी असंवैधानिक कार्य गर्नुभएको, निर्वाचन आयोगले विद्यमान ऐनको प्रतिकुल हुने गरी काम कारबाही गरेकोले सो विरुद्ध अदालत जाने पार्टीले निर्णय गरेअनुसार अदालत जाने काम भएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्