तपाईँ सुन्दै हुनुहुन्छः

वागमतीः १२ प्रदेश सांसदद्वारा समाजवादीको पक्षमा सनाखत

काठमाडौँ । नेकपा (एमाले) बाग्मती प्रदेशका १२ जना प्रदेश सभा सदस्यले नवगठित नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गर्नुभएको छ । 


बाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारका सामाजिक विकास मन्त्री कृष्णप्रसाद शर्मा खनालसहित १२ जना प्रदेश सभा सदस्यले नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गर्नुभएको हो । 


निर्वाचन आयोगले पार्टी विभाजन भएपछि दल रोज्न दिएको समय सीमाभन्दा अगावै प्रदेश निर्वाचन कार्यालय, बागमती प्रदेश, हेटौँडामा पुगेर आज प्रदेश सभाका १२ जना सदस्यहरूले एमाले छाडेर एकीकृत समाजवादी रोज्नुभएको र अन्तिमसम्म यो सङ्ख्या बढ्ने प्रदेश सभा सदस्य माधव पौडेलले जानकारी दिनुभयो ।


बागमती प्रदेश सभामा एमालेका ५५ जना प्रदेश सभा सदस्य रहनुभएको थियो । 

तस्वीरः सामाजिक सञ्जाल

प्रतिक्रिया राख्नुहोस्

Back to top button