पाकिस्तान ‘ए’द्वारा नेपाललाई १६९ रनको लक्ष्य

काठमाडौँ । एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले नेपाललाई १६९ रनको लक्ष्य दिएको छ ।
कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ले ४२ ओभरमा सबै विकेट गुमाउँदै १६८ रनको योगफल बनायो । पाकिस्तानका लागि रोहेल नाजिरले सर्वाधिक अविजित ६४ रन बनाए । त्यस्तै हसन नवाजले २८ र अहमद दानियालले १६ रन बनाए ।
बलिङतर्फ नेपालका राशिद खानले ५ विकेट लिए । उनले ८ ओभरमा ३९ रन खर्चिए । त्यस्तै अभिषेक गौतमले दुई तथा सन्दीप लामिछाने र कुशल भुर्तेलले समान एक एक विकेट लिए । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्