तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेका १५ वडा बालविवाह मुक्त घोषणा

बाँके । बाँकेका १५ वटा वडा बालविवाह मुक्त घोषणा भएका छन् ।’
८१ वडा रहेको बाँकेमा नेपालगञ्जका ४, जानकीका ४, खजुराका ३, कोहलपुरका ३ र बैजनाथको एउटा वडा बालविवाह मुक्त घोषणा भएका छन् । 


बाँकेलाई चालू आर्थिक वर्षको अन्त्यसम्म बालविवाह मुक्त जिल्ला घोषणा गर्ने तयारी रहेको जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय कुमार श्रीवास्तवले बताउनुभयो ।


बाल विवाहमुक्त अभियान सञ्चालन निर्देशिका अनुसार २० प्रतिशत भन्दा कम बालविवाह भए बालविवाह मुक्त घोषणा हुने प्रावधान छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button