जुम्लाको अर्ग्यानिक स्याउ निर्यात सुरु, बजारमा माग उच्च

जुम्ला । स्याउ निर्यात खुल्ला गरेसँगै जुम्लाबाट करिब दुई हजार टन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ ।
विशेष गरी भदौको दोस्रो सातादेखि स्याउ निर्यात सुरु भएको हो । कृषि विकास कार्यालय जुम्लाले सूचना जारी गरी भदौ १० गतेपछि मात्रै स्याउ टिप्न र निर्यात गर्न खुला गरेको थियो ।
स्याउ निर्यातको समय खुला गरेपछि मात्रै हालसम्म २ हजार टन भन्दा बढी स्याउ जुम्लाबाट निर्यात भएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताउनुभयो ।
उहाँका अनुसार जुम्लाका किसान तथा स्याउ व्यापारीले स्थानीय तहबाट सिफारिस लिएर धमाधम सुर्खेत, नेपालगन्ज,काठन्माडौ लगायतका सरहमा निर्यात गरिरहेका छन् ।

हाल जुम्लामा ए, वि र सी ग्रेडमा स्याउ छुटाइएको छ । बाहिरी बजारमा ए र बी ग्रेडको स्याउ मात्रै निर्यात निर्यात गरिएको कार्यालय प्रमुख देवकोटाले जानकारी दिनुभयो । सी ग्रेडको स्याउ प्रशोधन केन्द्रमा बिक्रीका लागि राखिएको छ ।
जुम्लामा यस वर्ष पनि १६ करोड बराबरकै स्याउ उत्पादन हुने अनुमान गरिएको छ ।
त्यस्तै जुम्ली स्याउको पहिचान जोगाउन तथा बजार प्रर्बद्धनका लागि ‘जुम्ला अर्ग्यानिक एप्पल’ लेखिएको ३१ हजार ८ सय बढी स्याउका कार्टुन किसानलाई वितरण गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्