तीन दिनदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालन

पाल्पा । गत आइतबार बिहानदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पा बुटवल सडक एकतर्फी सञ्चालनमा आएको छ । सडकमा खसेको पहिरो हटाइएपछि बाटो एकतर्फी रूपमा खुलेको हो ।
तीन दिनअघि तानसेन–८, डुम्रेमा खसेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको थियो । सडक एकतर्फी खुले पनि फेरी पानी परे पहिरो खस्न सक्ने सम्भावना कायमै रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो ।
पहिरो ठूलो भएका कारण पहिरो हटाउन समय लागेको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । सडक खुलाउन चार वटा डोजर, स्काभेटर तथा ढुङ्गा बोक्न ट्रिपर प्रयोग गरिएको थियो ।
राजमार्ग खुलेपछि अलपत्र परेका यात्रु तथा सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।








प्रतिक्रिया राख्नुहोस्