तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेका प्रयोगशालामा थप १४ जनामा कोरोना पुष्टि

नेपालगन्ज । बाँकेका प्रयोगशालामा थप १४ जनामा कोरोना पुष्टि भएको छ । 

तीन वटा प्रयोगशालामा गरिएको ८६ नमुना परीक्षणमा बाँकेका ८ जनासहित १४ जनामा कोरोना पुष्टि भएको छ । 

भेरी अस्पतालमा ८ जना र मेडिकलमा कलेज कोहलपुरमा ६ जना र बागेश्वरी ल्याबमा कसैमा पनि कोरोना संक्रमण पुष्टि नभएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताउनुभयो ।

बाँकेमा आज ६ जना डिस्चार्ज भएका छन् भने कोरोनाबाट थप मृत्यु भएको छैन ।

हालसम्म बाँकेमा १८ हजार १५ जना संक्रमित भएका छन् । ती मध्ये १७ हजार ५ सय ६७ जना निको भई डिस्चार्ज भएका छन् । संक्रमित मध्ये ३ सय २९ जनाको मृत्यु भएको छ ।

जिल्लामा १३६ जना सक्रिय संक्रमित रहँदा ४२ जना अस्पताल र आइसोलेसनमा छन् भने १२४ जना होम आइसोलेसनमा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button