प्रहरी जवान आधारभूत तालिम समापन

राजविराज । २ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराजमा प्रहरी जवान आधारभूत तालिम (५–०२) समूहको प्रहरी जवान आधारभूत तालिम समापन भएको छ ।
२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक उमेश रंजितकारको प्रमुख आतिथ्यमा समापन कार्यक्रम सम्पन्न भएको हो ।
उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक रंजितकारले दीक्षित भई जाने प्रहरी जवानहरूलाई तालिममा हासिल गरेका ज्ञान, सिप, कौशललाई व्यवहारमा लागू गर्नुपर्ने, मानवअधिकारको संरक्षणमा संवेदनशील हुनुपर्ने, प्रहरीले समय सापेक्ष आफूलाई परिवर्तन गर्दै लैजानुपर्ने बताउनुभयो । आजको प्रहरी सदाचार, कर्तव्यनिष्ठ भई राष्ट्र सेवामा समर्पित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

समारोहमा २ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र जनकपपुर सम्पर्क कार्यालय राजविराजका प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकालले धन्यवाद ज्ञापन गरेको थियो भने प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खडकाले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेको थियो ।
२०७७ मङ्सिर ३ गतेबाट सञ्चालित उक्त तालिममा २०३ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो । ती मध्ये ९ जना प्रशिक्षार्थीको विभिन्न कारणले तालिम रद्द भएको हो । जस मध्ये १९४ जना मात्र प्रशिक्षार्थीहरू सहभागी भएका थिए ।
प्रशिक्षार्थी मध्ये ५४ जना (क) श्रेणी र १४० जना (ख) श्रेणी गरी प्रशिक्षार्थीहरूको तालिम सफलता पूर्व सम्पन्न भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्