तपाईँ सुन्दै हुनुहुन्छः

उर्थु पटमारा सडक खण्ड अवरुद्ध, पर्यटकलाई सास्ती

जुम्ला । जुम्ला हुँदै मुगु रारा ताल जोड्ने छोटो मार्ग (उर्थु पटमारा) सडक खण्ड अवरुद्ध भएको छ । 


लगातार भएको अविरल वर्षाका कारण पहिरो आउँदा सडक अवरुद्ध भएको हो ।  जुम्ला उर्थु पटमारा, न्याउरी घाट, बुलबुलै हुँदै मुगु जिल्ला जोड्ने सडक पहिरोले अवरुद्ध हुँदा स्थानीय नागरिक सँगै पर्यटकहरूले सास्ती पाएका छन् । 


पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध भएपछि स्थानीय सँगै पर्यटकहरूलाई पनि आउजाउमा समस्या भएको स्थानीय लाल बहादुर बुढाले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button