तपाईँ सुन्दै हुनुहुन्छः

बहुविवाह तथा सम्बन्ध विच्छेदका घटना बढ्दो

सल्यान । वैदेशिक रोजगार, श्रीमान् श्रीमतीबीच आपसी अविश्वास जस्ता कारण सल्यानमा बहुविवाह तथा सम्बन्ध विच्छेदका घटना बढ्दै गएको छ । 

कम उमेरमा विवाह गर्नु, आपसी बेमेल हुनुले बहुविवाह तथा सम्बन्ध विच्छेद बढ्दै गएको सरोकारवालाहरूको भनाई छ । 

सल्यान जिल्ला अदालतको तथ्याङ्कका अनुसार गत आर्थिक वर्ष २०७७÷०७८ मा २२९ सम्बन्ध विच्छेद र बहुविवाहका ३७ घटना दर्ता भएका छन् । आर्थिक वर्ष २०७६÷०७७ मा बहुविवाह २८ र सम्बन्ध विच्छेद १०८ रहेका थिए ।  
महिला तथा पुरुषबीच अविश्वासको खाडल बढ्दै जानु, प्रविधिको विकास जस्ता कारण जिल्लामा पछिल्लो समय सम्बन्ध विच्छेद र बहुविवाहका घटना बढ्दै गएको सल्यान जिल्लाका अदालतका श्रेष्तेदार हेमन्त ज्ञवालीले बताए । 

कम उमेरमा विवाह, इन्टरनेट र सामाजिक सञ्जालको चरम दुरुपयोग, वैदेशिक रोजगार, धर्म प्रति अविश्वास आदी कारण जिल्लामा यस प्रकार घटना बढेको ज्ञवालीको भनाई छ । 

बहुविवाह कानुनी अपराध हो भन्ने चेतनाको कमी, वैदेशिक रोजगारी तथा घरेलु हिंसाको कारण यस्ता घटनाहरू समाजमा घट्ने गरेको अधिवक्ता थलराज भण्डारीले बताए । 

शहरी जीवनशैली तथा तडकभडक, नकारात्मक सोच हुनु तथा सामाजिक असन्तुलनको कारण पनि यसका प्रकारका घटना वृद्धिमा हुनुमा बढवा दिएको उनको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button