तपाईँ सुन्दै हुनुहुन्छः

वाङ्मयको श्रीवृद्धि एवं लोकतान्त्रिक आन्दोलनमा भट्टको योगदान सदा स्मरणीय रहने छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ प्रगतिवादी समालोचक आनन्ददेव भट्टको निधनमा दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले आज अपराह्न सामाजिक सञ्जालमार्फत नेपाली वाङ्मयको श्रीवृद्धि एवं लोकतान्त्रिक आन्दोलनमा प्रगतिवादी लेखक भट्टको योगदान सदा स्मरणीय रहने जनाउनुभएको छ ।

प्रगतिवादी चिन्तक भट्टप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राष्ट्रपतिले शोकाकूल परिवारमा पनि समवेदना प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button