करेन्ट लागेर एक महिलाको मृत्यु

राजविराज । सप्तरीमा करेन्ट लागेर एक महिलाको आइतबार मृत्यु भएको छ ।
सप्तरीको महदेवा गाउँपालिका–१ पकरी बस्ने बचेन सदाको ५३ वर्षीया श्रीमती अमिरका सदाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिनुभयो ।
आफ्नै घरमा पानी लिन कलतर्फ जाने क्रममा मोटरमा जडान गरिएको विद्युत्को तार खुट्टामा पर्न गई तार सर्ट भएर करेन्ट लागेको हो ।
करेन्ट लागेर सिकिस्त भएका उहाँलाई राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्