तपाईँ सुन्दै हुनुहुन्छः

कस्तो छ आजको मौसम ? भाेलिबाट माैसममा सुधार आउने

काठमाडाैं।नेपालमा सोमबार पनि मनसुनी वायुको प्रभाव रहेको छ। जसकारण बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी परिरहेको छ ।

पछिल्लो तीन/चार दिनको झरीपछि मौसममा केही सुधार भए पनि पानी भने पर्ने देखिन्छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो धेरै स्थानमा वर्षाको सम्भावना छ। लुम्बिनी, बागमती, गण्डकी र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना पनि छ । तर, शनिबारको जस्तो अतिभारी वर्षाको सम्भावना भने नरहेको महाशाखाले जानकारी दिएको छ ।

मंगलबार मौसममा थप सुधार आउने छ । मंगलबार सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

मौसम विश्लेषण 

हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ।

हाल मौसमको अवस्था 

हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ.। गण्डकी प्रदेश, लुम्बिनि प्रदेश कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही  स्थानहरूमा  हल्का देखि मध्यम वर्षा भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ भाद्र १४ गते सोमबार)

दिउँसोदेशको अधिकांस भू-भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनि प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका  र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

रातीदेशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

२०७८ भाद्र १५ गते मंगलबार)

दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  सुदुरपश्चिम प्रदेशका  एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

रातीदेशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

२०७८ भाद्र १ गते बुधबार)

दिउँसोदेशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

रातीदेशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

 आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशको धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना  साथै लुम्बिनि प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका  र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले

 पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button