तपाईँ सुन्दै हुनुहुन्छः

बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक गर्न माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र

पोखरा । विभिन्न कारणले बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक गर्न माग गर्दै मानवअधिकार सम्बद्ध विभिन्न संस्थाले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ज्ञापन पत्र बुझाएका छन् ।


जबरजस्ती व्यक्ति बेपत्ता पार्ने कार्यविरुद्धको अन्तर्राष्ट्रिय दिवस ३० अगस्टको सन्दर्भमा गैरसरकारी संस्था महासङ्घ, इन्सेक, बेपत्ता योद्धा परिवार समाज, एड्भोकेसी फोरम, शान्तिका लागि नागरिक समाजको सञ्जाल, कोपिला नेपाल, मासम कास्की, नेपाल रेडक्रस सोसाइटी गण्डकी, न्यायका लागि द्धन्दपीडित समाज र मानव अधिकार एलाइन्स लगायतका संस्थाहरूले जबरजस्ती व्यक्ति बेपत्ता पार्ने कार्यलाई ऐन बनाएर अपराधिकार गर्न, जबरजस्ती बेपत्ता पारिएका व्यक्तिहरूको संरक्षणसम्बन्धी महासन्धि अनुमोदन गर्न, अपराधको पुनरावृत्ति नहुने प्रत्याभूत गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।


ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन प्रक्रियालाई निष्पक्ष बनाउन साथै उचित परिपूरणका लागि आवश्यक सहजीकरण गर्न परेमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 


बेपत्ता छानबिन आयोगमा करिब ६० हजार उजुरी परेका छन् । बेपत्ता योद्धा परिवार समाज कास्कीका अध्यक्ष अणनाथ बरालका अनुसार गण्डकी प्रदेशका कुल १ सय २३ जना व्यक्ति बेपत्ता रहेको तथ्याङ्क छ । जसमध्ये कास्कीका मात्रै २४ जना रहेका छन्

प्रतिक्रिया राख्नुहोस्

Back to top button