तपाईँ सुन्दै हुनुहुन्छः

पृथ्वी राजमार्गको गल्छीमा पहिरो पन्छाइँदै

धादिङ । दुई दिनदेखि लगातार पानी परिरहेको छ । अविरल वर्षका कारण बाढीपहिरोले नागरिकलाई सास्ती दिएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङ खण्डको गल्छी, थाक्रे, धुनिबेसी क्षेत्रका विभिन्न स्थानमा पहिराले राजमार्ग अवरुद्ध छ । 

‘लाइफलाइन’का रूपमा रहेको राजमार्ग क्षेत्रमा ठाउँ ठाउँमा पहिराले यातायात साधन सञ्चालन हुन सकेको छैन । सडक विभाग र ट्राफिक प्रहरीको डोजरको सहायताले सडक सफा गरिरहेको तर वर्षका कारण पहिरो खस्ने क्रम भने जारी छ । 

आज पृथ्वी राजमार्गको गल्छी र त्रिभुवन राजपथको धादिङ काठमाडौँ सिमानामा रहेको चिसापानी नजिक पहिराले आज दिनभर यातायात साधन रोकिएको थियो । ट्राफिक प्रहरी र सडक विभागको सहकार्यमा डोजरले पहिरो हटाएपछि यातायात सञ्चालनमा आएको छ । बिहानदेखि यातायात साधन रोकिएका कारण राजमार्गमा लामो जाम लागेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button