तपाईँ सुन्दै हुनुहुन्छः

राम्दीमा पहिरो जाँदा एक महिलाको मृत्यु

स्याङ्जा । स्याङ्जाको गल्याङ १ राम्दीमा पहिरो जाँदा एक महिलाको मृत्यु भएको छ । राम्दीको अस्थायी प्रहरी बिट नजिकै पहिरो खस्दा वालिङ १४ की धनमाया उम्राह मगरको मृत्यु भएको हो । 


राम्दीमा पूजा गरेर फर्केपछि स्थानीय दीपेन्द्र श्रेष्ठको होटेलमा खाजा खान गएकी मगरको मृत्यु भएको हो । उक्त घरका अन्य भागेर ज्यान जोगाउन सफल भए । 


पहिरोमा परी सैनामैना १ का शिशिर योगी, गुल्मी छत्रकोटकी लक्ष्मी बस्नेत र नाम नखुलेका गरी ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । 


घाइतेहरूको पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको लागी पठाइएको प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । 


सडकमाथि खसेको पहिरोका कारण स्याङ्जा, पाल्पा बुटवल सडक खण्ड पनि अवरुद्ध भएको छ । सुरक्षाकर्मीले थप उद्धार गरिरहेका छन् । के कति क्षति भयो भने यकिन विवरण आउन बाँकी छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button