तपाईँ सुन्दै हुनुहुन्छः

थप १ हजार ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि

File photo

काठमाडौँ । आज देशभर १ हजार ३ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् । 


७ हजार २ सय ५९ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा १ हजार २ सय १४ जना तथा ३ हजार ३८ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा १ सय ७४ जना गरी जम्मा १ हजार ३ सय ८८ जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 


देशभरबाट गएको २४ घण्टामा २ हजार २ सय ६० जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको भएको दर ९३ दशमलव ९ प्रतिशत रहेको छ । 


देशभरि आज कोरोना सङ्क्रमणबाट २४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ७ सय १४ जना पुगेको छ । 


देशभरिका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी जम्मा ३५ हजार ७ सय ९६ जना सक्रिय सङ्क्रमितले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ । 


जसमा ६ सय २५ जनाले आइसियु र १ सय ६७ जनाले भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button