तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले अवरुद्ध मध्य पहाडी लोकमार्गको पर्वत खण्ड सञ्चालनमा

पर्वत । पहिरोले अवरुद्ध मध्य पहाडी लोकमार्गको पर्वत खण्ड सञ्चालनमा आएको छ । 

निरन्तर भइरहेको वर्षाले मोदी गाउँपालिका– ६ बेतनीमा पहिरो झरेर आज बिहानैदेखि अवरुद्ध भएको सडक अहिले सञ्चालनमा आएको हो । 

पहिरोले रोकिएको सडक सुचारु भएपछि कास्कीको नयाँ पुल र पर्वतको डिमुवामा रोकिएका सवारीसाधान गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो । 

निरन्तर वर्षा भइरहेकोले पहिरोले जोखिम भने कायमै रहेको उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button