तपाईँ सुन्दै हुनुहुन्छः

गौरा देवीको प्रतिमा भित्राइँदै

 कञ्चनपुर ।  सुदूरपश्चिम क्षेत्रमा आज गौरा पर्वको तेस्रो दिन सप्तमी मनाइँदै छ । आज नजिकको खेतबाट पञ्च वनस्पति अर्थात् धानको बोट,सहूँ घाँस, दुवो,बल र पालीको वोटहरु मिलाएर डालोमा गौरा देवीको प्रतिमा बनाउने र काठको टुक्राबाट महेश्वर अर्थात् शिवको प्रतिमा बनाई गौरा घरमा भित्राउने गरिन्छ ।

आज विवाहित महिलाहरूले दिन भरि व्रत बसी देवी र महेश्वरलाई गौरा घरमा भित्राउने र साँझ पख पूजा गरी सप्तमी धागो लगाएपछि व्रत खोल्ने गर्छन् । सुदुरपश्चिमेलीहरुको गौरा पर्व प्रमुख चाड भएपनि कोरोना महामारीका कारण खासै चहलपहल देखिएको छैन ।

देउडा खेल्ने,देवी देवताको गाथा गाउने र मेला समेत आयोजना हुने गरेकोमा गत वर्षबाट कोरोना महामारी फैलिए पछि ती सबै कार्य गरिएको छैन । जसकारण यस वर्षको गौरा पर्व औपचारिकतामा मात्र सीमित भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button