तपाईँ सुन्दै हुनुहुन्छः

सडकको ठाउँ ठाउँमा पहिरो, यात्रु मर्कामा

तनहुँ । तनहुँको दुलेगौडा र स्याङ्जा जिल्ला जोड्ने सडक खण्डको विभिन्न स्थानमा गएका पहिरोका कारण अवरुद्ध  बनेको छ । 


गत सोमबारदेखि परेको वर्षाका कारण शुक्लागण्डकी दुलेगौडा ढोर वाराही मोटरबाटो मङ्गलवारदेखि अवरुद्ध भएको हो । जुडी फाँट–चिसापानी सडक खण्डको एक दर्जन बढी ठाउँमा पहिरो खसेर यातायात सञ्जाल विच्छेद हुँदा यात्रु मर्काका परेका छन् । 


पहिरोले सडक अवरुद्ध भएपछि चिसापानी आसपासबाट चल्ने सवारी भानुमती उक्लेर भिमाद हुँदै यात्रा गर्न बाध्य भएको हरिनास गाउँपालिकाकी उपाध्यक्ष झनमाया पराजुलीले बताउनुभयो । 


तनहुँको शुक्लागण्डकी नगरपालिका–१० जुडी फाँटदेखि स्याङ्जाको हरिनास गाउँपालिकाको केन्द्र चित्रेभञ्याङ जोड्ने यो सडक कालोपत्रेका लागी स्तरोन्नतिको काम भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button