भीरबाट लडेर एकको मृत्यु
पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४, मित्यालमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ ।
बिहीबार बेलुकी बाटो मर्मत सम्बन्धी काम गरेर घर फर्किने क्रममा निस्दी गाउँपालिका–४,चिउरी बासका ५८ वर्षीय खड्ग सिं विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
बिक घर नफर्केपछि खोज्ने क्रममा घर देखि करिब १ किमी टाढा बाटोबाट करिब २ सय ५० मिटर तल खोल्सामा शब फेला परेको प्रहरीले जनाएको छ ।
विकको शुक्रवार दिउँसो करिब १२ बजेतिर मात्रै प्रहरी र स्थानीय मिलेर उद्दर गरी पोस्टमार्टमको लागि रामपुरमा पठाएको रुक्सेभन्ज्याङ प्रहरी चौकी मित्यालका प्रमुख डेढ बहादुर थापाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्