तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नं १ मा दुई मन्त्री थप

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले आज साँझ मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । 


थप हुनेमा उद्योग, पर्यटन, वन तथा वातावरणमा लछुमन तिवारी र सामाजिक विकास मन्त्रीमा बलबहादुर साम्सोहाङ हुनुहुन्छ ।


प्रदेश नं १ प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले  मुख्यमन्त्री आचार्यको सिफारिसमा  संविधानको धारा १६८ को उपधारा(९) बमोजिम  मन्त्रिपरिषद् विस्तार र कार्य विभाजन गर्नुभएको हो । 


प्रदेश प्रमुख अधिकारीले नव नियुक्त मन्त्रीहरूलाई  पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button