तपाईँ सुन्दै हुनुहुन्छः

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भद्रपुर, झापा । झापामा यात्रुवाहक बसको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोरङ उर्लाबारी नगरपालिका–६ निवासी ५० वर्षीय हेमसागर थापा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका–४ स्थित चुलाचुली मोडमा पूर्वबाट पश्चिम जाँदै गरेको मे १ ख ६७६२ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको मे ३ प ९४४९ नम्बरको मोटरसाइकललाई बिहीबार अपराह्न ठक्कर दिएको थियो ।

बसको ठक्करबाट मोटरसाइकल चालक थापाको घटनास्थलमै मृत्यु भएको डिएसपी राकेश थापाले बताउनुभयो । 

बस र चालक मोरङ उर्लाबारी नगरपालिका–७ निवासी ४२ वर्षीय सम्पतलाल धिमाललाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button