तपाईँ सुन्दै हुनुहुन्छः

भौतिक र वित्तीय प्रगतिको सन्तुलन मिलाउन उपाध्यक्ष पौडेलको सुझाव

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले भौतिक र वित्तीय प्रगतिको सन्तुलन मिलाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र मातहतका निकायलाई सुझाव दिनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आज सिंहदरबारमा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रगति  समीक्षा तथा मन्त्रालय स्तरीय समस्या समाधान समितिको बैठकमा उपाध्यक्ष पौडेलले बजेट र नीति तथा कार्यक्रमबीच तादम्य नमिल्दा समस्या देखिएको भन्नुहुँदै यथाशीघ्र सुधार गर्नुपर्नेमा जोड दिनुभयो  ।  

बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले कमीकमजोरीलाई लुकाउने नभई  सच्याएर जनतालाई गुणस्तरीय सेवा दिनुपर्ने बताउनुभयो ।

उहाँले सरकारी  सञ्चार माध्यमहरूबाट ढिलो सूचना सम्प्रेषण हुने गरेको भन्नुहुँदै छिटो छरितो र गुणस्तरीय सूचना प्रवाह गर्नु पर्नेमा जोड दिनुभयो ।

बैठकमा रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) का कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले रेडियो नेपालको प्रसारण पहुँच ८९ प्रतिशत जनतामा पुगेको जानकारी गराउनु हुँदै चाँडै नै  पन्ध्रौँ योजनाले लिएको लक्ष्य पुरा हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button