तपाईँ सुन्दै हुनुहुन्छः

जबरजस्तीकरणी गरेको आरोपमा तीन जना पक्राउ

जुम्ला  । जुम्लामा जबरजस्तीकरणी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय जुम्लाको टोलीले चन्दननाथ नगरपालिकाका दुई जना र तिला गाउँपालिकाको एक जनालाई पक्राउ गरेको हो । 

जबरजस्तीकरणी गरेको आरोपमा दर्ता भएको निवेदनका आधारमा चन्दननाथ नगरपालिका –९ निवासी २० वर्षीय विशाल सार्की सोही वडाका वर्ष २० का कमल सार्की र तिला गाउँपालिका ८ निवासी २८ वर्षीय जीवन रावतलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दान बहादुर थापाले जानकारी दिनुभयो । 

भदौ ७ गते राती ११ः०० बजे तातोपानी गाउँपालिका १ बस्ने वर्ष १८ की किशोरीलाई मेला हेर्न गएको बेला मोबाइल खोसेको र फिर्ता गर्ने बहानामा चन्दननाथ– ९ का विशाल सार्की र कमल सार्कीले पालैपालो जरबजस्तीकरण गरेको भनी पीडित किशोरीका आफन्तले जरबजस्तीकरणी गर्नेलाई कारबाही माग गर्दै किटानी जाहेरी दिएको आधारमा उनीहरूलाई पक्राउ गरेको डिएसपी थापाले बताउनुभयो । 

त्यस्तै, तिला गाउँपालिका–६ बस्ने ४५ वर्षीय बोल्न र सुन्न नसक्ने महिलालाई जवरजस्तीकरणी गरेको आरोपमा तिला ८ कै २८ वर्षीय जीवन रावतलाई पनि प्रहरीले पक्राउ गरेको छ  । 

भैँसीलाई घाँस हाल्न भनी हिँडिरहेको समयमा रावतले बोल्न, सुन्न  नसक्ने ती महिलालाई डर त्रास देखाई भदौ ८ गते जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
पक्राउ परेका तीनै जनालाई अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । 

जुम्लामा पछिल्लो समय जबरजस्तीकरणी तथा आत्महत्याका घटना बढ्दै गएका छन् ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button