मोहना नदीमा आएको बाढीले जिल्ला जोड्ने पुलको लिङ्क रोड बगायो

कञ्चनपुर । कैलाली–कञ्चनपुरको सीमा भएर बग्ने मोहना नदीले लण्डन ब्रिज र अर्को पक्की पुलसँगको लिङ्क रोड बगाएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुर र कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ राजघाट जोड्ने निर्माणाधीन पक्की पुलसम्म पुग्ने राजघाटतर्फको लिङ्क भत्काएको छ ।
पुलको निर्माण सम्पन्न नभए पनि माटो भरान गरेर सोही पुल भएर आवागमन हुने गरेको थियो । तर, भरान गरिएको माटो बगाएपछि आवागमनमा रोक लगाइएको छ ।
यस्तै, कैलालीको चटकपुर र कञ्चनपुरको राजघाट बस्तीबीच भएर बग्ने मोहना नदीमा स्थानीयले बनाएको ‘लन्डन ब्रिज’ बगाएको हो ।








प्रतिक्रिया राख्नुहोस्