तपाईँ सुन्दै हुनुहुन्छः

दोदा नदीमा आएको बाढीले कञ्चनपुरको दक्षिण क्षेत्र डुबानमा, २०० बढी घर डुबानमा

कञ्चनपुर । सुदूरपश्चिमका पहाडी जिल्लामा परेको अविरल वर्षाको कारण दोदा नदीमा आएको बाढीले कञ्चनपुरको दक्षिण क्षेत्र डुबानमा परेको छ । गएराति परेको अविरल वर्षाले दोँदा नदिमा आएको बाढी बस्तीमा पसेपछि कञ्चनपुरको लालझाडी र पुनर्वासका २०० बढी घरधुरी डुबानमा परेका हुन । बाढीका कारण डोकेबजार–बेलौरी हुलाकी राजमार्गमा आवागमन नराम्ररी प्रभावित बनेको छ । 

अविरल वर्षाले कञ्चनपुरको बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका र पुनर्वास नगरपालिकाका घरहरू डुबानमा परेका छन् । डुबान बाट मानवीय क्षति नभए पनि घरमा भण्डारण गरी राखिएको अन्नबाली र पशु चौपाया पानीले बगाएको स्थानीयहरूले बताएका छन् ।

लालझाडी गाउँपालिकामा किसानले पालन गरिरहेका माछा समेत बाढीले बगाएको लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले जानकारी दिनु भएको छ । बाढी प्रभावित क्षेत्रमा नेपाली काँग्रेसका नेता एवं पूर्व सांसद दिवान सिंह विष्टले अनुगमन गर्नु भएको छ ।

बाढीले डुबानमा परेका केही मानिसलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेको छ । क्षतिको विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिंह विष्टले बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button