तपाईँ सुन्दै हुनुहुन्छः

निरन्तरको वर्षाले नेपालगन्ज जलमग्न

नेपालगन्ज।अविरल बर्षाले बाँकेको नेपालगन्ज जलमग्न भएको छ ।

निरन्तर परिरहेको वर्षाले नेपालगन्ज उपमहानगरपालिकाको न्युरोड, सेतु विक चोक, बेलासपुर, कोरियनपुर, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर, रामलिला मैदान, बाँके गाउँ लगायतका ठाउँ जलमग्न भएको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले जनाएको छ । ठाउँ ठाउँमा पानी जमेपछि पैदल यात्रीलाई आवतजावतमा समस्या भएको छ ।

यसै गरी निरन्तरको वर्षाले राप्ती नदीमा पानीको सतह बढ्न थालेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला विपद् व्यवस्थापन समितिले आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button