तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा मालवाहक ट्रक दुर्घटना, एक जनाको मृत्यु, दुई जना घाइते

मकवानपुर ।मकवानपुर । मकवानपुरमा मालवाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । फलाम बोकेर काठमाडौँतर्फ जाँदै गरेको मालवाहक ट्रक त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी गाउँपालिका–१ सानुटारमा अनियन्त्रित भएर सडकबाट खोलामा खस्दा एक जनाको मृत्यु भएको हो ।

फलाम बोकेर काठमाडौं जाँदै गरेको प्रदेश १–०२–००१ ख ८७५९ नम्बरको आइचर ट्रक आफै अनियन्त्रित भई राप्ती खोलामा खस्दा ट्रकमा सवार एक जनाको मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । दुर्घटनामा सिन्धुलीका २८ वर्षका भोजराज बस्नेतको घटनास्थलमै ज्यान गएको रिमालले बताउनुभयो । 

त्यसैगरी दुर्घटनामा अन्य २ जना घाइते भएका छन् । घाइते हुनेमा ट्रक चालक मोरङ सुन्दरहरैचा गाउँपालिका वडा नम्बर–८ बस्ने बर्ष ३१ का राजन बास्कोटा र सह चालक सोही ठाउँ बस्ने २४ वर्षीय सरोज आचार्य रहेको र उनीहरूको हेटौँडा–११ मा रहेको चुरेहिल अस्पतालमा उपचार भइरहेको रिमालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button