आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकपको एसिया छनोट रद्द
काठमाडौँ । आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकपको एसिया छनोट रद्द भएको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बुधबार छनोट रद्द भएको जनाएको छ ।
आईसीसीले कोरोना महामारीको कारण एसिया छनोट रद्द गरिएको जनाएको छ । एसिया छनोट रद्द भएसँगै एसियाबाट युएई विश्वकपका लागि छनोट भएको छ ।
छनोट रद्द भएसँगै नेपालको यू–१९ विश्वकप खेल्ने सपना सकिएको छ । यस्तै आईसीसीले अमेरिका र इस्ट एसिया प्यासाफिकको छनोट समेत रद्द भएको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्