प्रयोग विहीन बेलीब्रिज स्थानान्तरण गरेर प्रयोगमा ल्याइने

रोल्पा । रोल्पाको पूर्व पश्चिम जोड्ने माडिखोलामा पक्की पुल बनेर सञ्चालनमा आएपछि त्यहाँ रहेको बेलीब्रिज पुल २ वर्षदेखि प्रयोग विहीन बन्दै आएको छ । यसरी प्रयोगविहीन अवस्थामा रहेको बेलीब्रिज पुल स्थानान्तरण गरी पुनः सञ्चालनको लागि प्रक्रिया शुरु भएको छ ।
२०७८ असार महिनामा पुललाई स्थानान्तरण गरिने भनिएता पनि कानूनी प्रक्रियाका कारण स्थानान्तरण हुन ढिलाइ भएको थियो ।
भौतिक पूर्वाधार मन्त्रालयबाट माडीखोलाको बेलीब्रिज पुल भाबाङको मौलाबाटमा स्थानान्तरण गरेर सञ्चालनमा ल्याउनको लागि स्थानान्तरण अनुमति पत्र प्राप्त भइसकेकोले भदौ १० गते बाट काम सुरु गरिएको छ ।
माडी गाउँपालिकाको घर्तिगाउ र वडा नम्बर ५ को भावाङलाइ जोड्नको लागि मौलाबोटमा बेलीब्रिज पुललाई राख्न लागेको गाउँपालिका अध्यक्ष नन्द बहादुर पुनले बताउनुभयो ।
मौलाबोटमा पुल नहुँदा बाह्रै महिना माडी खोला वारपार गर्न, उत्पादित बस्तु बजार सम्म पुर्याउन स्थानीयहरू लाई निकै ठुलो समस्या हुँदै आएकोमा अब उक्त समस्याबाट मुक्त हुने अपेक्षा गरिएको स्थानीयहरू बताउँछन् ।








प्रतिक्रिया राख्नुहोस्