तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा २२ प्रतिशत लगाए कोभिड विरुद्धका खोप

 

राजविराज । सप्तरीमा हाल सम्म १ लाख २१ हजार ५ सय जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । जसमा ५२ हजार जनाले कोभिड १९ विरुद्धको दुवै डोज पूर्ण खोप लगाएका छन् भने ६९ हजार जनाले खोपको पहिलो डोज मात्र लगाएका हुन् ।

जिल्लाको कूल जनसङ्ख्याको २२ प्रतिशतले खोप लगाएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले जानकारी दिनुभयो  । उहाँले  खोपको पहिलो डोज लिइसकेका २७ हजार जनालाई भदौ १६ बाट दोस्रो डोज लगाउने तयारी भइरहेको बताउनुभयो । 

जिल्लामा १८ वर्ष उमेर भन्दा माथिका ५२ हजार जनालाई पूर्ण खोप लगाई सकिएको र ६९ हजार ५ सय जनालाई पहिलो डोज खोप लगाइएकोमा सो मध्ये २७ हजार जनालाई जिल्लाको सबै वडामा भदौ १६ बाट दोस्रो डोज खोप लगाउने तयारी भइरहेको छ, उहाँले भन्नु भयो  ।

खोपको बारेमा गलत भ्रमहरू फैलाइएको भए पनि त्यसले खोप लगाउन आउनेको सङ्ख्यामा कुनै असर नपरेको उहाँले बताउनुभयो  । केही व्यक्तिहरूमा सामान्य ‘साइड ईफेक्ट’ देखिएको भए पनि कुनै पनि व्यक्तिको स्वास्थ्यमा समस्या नआएको यादवले स्पष्ट पार्नुभयो  । खोप पूर्ण रुपमा सुरक्षित भएकोले खोप लिनबाट डराउन नहुने उनले बताए ।

सप्तरीमा हाल कोरोनाको ‘एक्टिभ केश’ ५ जना मात्र रहेको जानकारी दिँदै यादवले अहिले अवस्था सामान्य रहेको बताउनुभयो  ।

जिल्लामा हाल सम्म कोरोनाबाट ४ हजार २ सय ४० जना संक्रमित भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कोरोको पहिलो वेभबाट १ हजार ८ सय ३३ र दोस्रो वेभबाट २ हजार ४ सय ७ जना संक्रमित भएका हुन् ।

यस्तै सप्तरीमा कोरोना सङ्क्रमणबाट अहिले सम्म १ सय ५९ जनाको मृत्यु भएको छ । पहिलो वेभबाट ४१ जनाको दोस्रो वेभबाट १ सय १८ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button