तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेका प्रयोगशालामा ५१ जनामा कोरोना पुष्टि

नेपालगन्ज । बाँकेका थप ३५ जनामा कोरोना पुष्टि भएको छ । ती मध्ये अधिकांश कोहलपुरका छन् । आज १५ जना डिष्चार्ज भएका छन् ।

यहाँका तीन वटा प्रयोगशालामा गरिएको बाहिरी जिल्लाका समेत गरी २१८ नमुना परीक्षणमा बाँकेका ३५ जनासहित ५१ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट थप मृत्यु भएको छैन ।

भेरी अस्पतालमा ४० जना, मेडिकलमा कलेज कोहलपुरमा ९ जना र बागेश्वरी ल्याबमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताउनुभयो ।

हालसम्म बाँकेमा १७ हजार ९ सय ६७ जना संक्रमित भएका छन् । ती मध्ये १७ हजार ५ सय जना निको भई डिष्चार्ज भएका छन् । संक्रमित मध्ये ३ सय २८ जनाको मृत्यु भएको छ ।

जिल्लामा १४९ जना सक्रिय संक्रमित रहँदा ४४ जना अस्पताल र आइसोलेसनमा छन् भने १३९ जना होम आइसोलेसनमा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button