अपाङ्गता भएका २९ परिवारलाई खाद्यान्न वितरण

भद्रपुर, झापा । लामो लकडाउनका कारण गुजारा चलाउनै मुस्किल परेका झापाको बुद्ध शान्ति गाउँपालिकाका २९ जना अपाङ्गता भएका विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ ।
बुधबारे जेसीज, बुद्ध शान्तिका लागि हामी अभियान, वरपीपल बचत तथा ऋण सहकारी संस्था र जोइन्ट हेन्ड यूथ सोसाइटीले संयुक्त रुपमा बुधवार खाद्यान्न वितरण गरेका हुन् ।
प्रतिव्यक्ति एक बोरा चामल, दाल, तेल, न्युटेला, नुन, साबुन तथा मास्कसमेत करिब वितरण गरिएको बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले जानकारी दिनुभयो ।
झापाको अग्रणी सामाजिक संस्था एकका लागि एक अभियानका सह संयोजक विनोद बस्नेतले सङ्कटको बेला अपाङ्गता भएका व्यक्तिलाई राहत वितरण गरेर आयोजक सबै संस्थाले पुन्यको काम गरेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्