तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँ प्रहरीद्वारा विभिन्न मुद्दामा फरार ८ जना प्रतिवादी पक्राउ

तनहुँ । जिल्ला अदालत तनहुँबाट सजाय तोकिएर फरार रहेका आठ प्रतिवादीलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ ।

लागु औषध चरेस, जुवा, लेनदेन, सवारी ज्यान लगायतका मुद्दामा फरार रहेका आठ जनालाई प्रहरीले पक्राउ गरेको हो । लागु औषध चरेस मुद्दामा गोरखा पालुङटार नगरपालिका–१ खोप्लाङ स्थायी घर भई हाल म्याग्दे गाउँपालिका ६ शेराटार बस्ने ३० वर्षीय सुरेश तामाङ दुई वर्षपछि पक्राउ परेका छन् । उनलाई जिल्ला अदालतले विसं २०७६ कात्तिक २५ गते तीन महिना कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको थियो ।

लागु औषध चरेस मुद्दामै सिन्धुली हरिहरपुरगढी गाउँपालिका–३ स्थायी घर भई हाल शुक्ल गण्डकी नगरपालिका–५ बेलचौतारा बस्ने २३ वर्षीय दिपक राई दुई वर्षपछि पक्राउ परेका छन् ।उनलाई अदालतले विसं २०७६ कात्तिक २५ गते एक महिना कैदको फैसला सुनाएको थियो । यसै गरी जारी मुद्दामा विगत १३ वर्षदेखि फरार एक, जुवा मुद्दामा चार वर्षदेखि फरार एक, सार्वजनिक अपराध मुद्दामा विगत ६ वर्षदेखि फरार दुई, लेनदेन मुद्दामा फरार एक र सवारी ज्यान मुद्दामा चार वर्षदेखि फरार एक जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि अदालत दाखिला गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button