तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा बाघ जात्रा निकालियो

पाल्पा । पाल्पामा आज बाघ जात्रा निकालिएको छ । जनैपूणिमाको बेलुका देखि कृष्णअष्टमीको भोलिपल्ट सम्म तानसेनमा मनाइने गरिन्छ । जात्राको समयमा बजारमा चहलपहल सँगै जात्रा हेर्न कै लागि भनेर गाउँ गाउँबाट आएपछि भिड पनि बढेको छ । 

गत बर्ष देखि कोभिडका कारण जात्राहरू औपचारिकतामा मात्र सीमित हुँदा बजार समेत सुनसान भएको छ । जात्राको तेस्रो दिन परापुर्वकाल देखि मनाइँदै आएको बाघ जात्रा समेत औपचारिकतामा मात्र सीमित हुन पुगेको छ । 

पहिला पहिला बस्ती कम भएकोले जनसङ्ख्या पनि कम भएकोले जङ्गल बाक्लो भएकोले जङ्गली जनावरहरूले दिनहुँ दुख दिएकाले बाघ मार्नका लागि जनताले दरबारमा निवेदन गर्थे सोही प्रतिकात्मक रुपमा यो जात्राको सुरुवात गरिएको पुराना पुस्ताको भनाई रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button