तपाईँ सुन्दै हुनुहुन्छः

बालिकामाथि जवरजस्तीकरणीको प्रयास गरेको आरोपमा एक जना पक्राउ

धनगढी । कैलालीमा बालिकामाथि जवरजस्तीकरणीको प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

गोदावरी नगरपालिका–८ का छुनकलाल चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

चौधरीलाई स्थानीय ११ बर्षिया बालिकामाथि हातपात गर्दै जवरजस्तीकरणीको प्रयास गरेको आरोप लागेको छ । 

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button