तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु

धनगढी  । कैलालीमा पछिल्लो २४ घण्टामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । 

सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको धनगढीका एक पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।  

यसैगरी, कैलालीमा थप १९ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।  आज सेती प्रादेशिक अस्पतालको कोभिड–१९ प्रयोगशालामा परीक्षणमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताउनुभयो । 

हाल अस्पतालमा १४ जना सङ्क्रमितको उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button